मैत्रीनगरको प्रथम ब्याटमिन्टन प्रतियोगिता : राजकुमार र सरोज एवं लोकेश्वर र हरिको जोडीले जिते

0
40

काठमान्डौ ०३ चैत्र । काठमान्डौ २ किर्तिपुरमा प्रथम ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीनगर ब्याटमिन्टन क्लवको आयोजनामा आज एक कार्यक्रमका बीच सांसद राजेन्द्र कुमार केसीले समापन गरेका हुन् । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागी खेलकुद भन्ने मुख्य नारा साथ प्रतियोगिता सुरु भएको प्रतियोगिता खुल्ला डवल र भेट्रान्स डवल गरि दुइ बिधामा भएको थियो । प्रतियोगितामा खुल्ला तर्फ राजकुमार पोख्रेल र सरोज श्रेष्ठको जोडी प्रथम भएको छ । पुष्प खड्का र पवन अधिकारीको जोडी दित्तीय हुदा सरोज मालाकार र सुरज महर्जनको जोडी तेस्रो स्थानमा चित्त बुझायो । उता भेट्रान्स तर्फ लोकेश्वर वखति र हरि खत्री प्रथम हुदा राजु महर्जन र सुरेश नकर्मी दित्तीय भए । भेट्रान्समा राजु कंडेल र रमेश श्रेष्ठ तेस्रो भए ।
खुल्ला तर्फ प्रथम हुने जोडीले ३० हजार प्राप्त गर्दा दित्तीय र तृतीय हुने जोडीले क्रमश २० हजार र १० हजार प्राप्त गरे । भेट्रान्स तर्फ प्रथम हुने जोडीले २० हजार प्राप्त गर्दा दित्तीय र तृतीय हुनेले क्रमश १५ हजार र १० हजार प्राप्त गरे । प्रतियोगितामा उदयमान जोडीमा दिपेश खड्का र देवेन्द्र न्यौपाने घोषित हुदा उत्कृस्ट खेलाडि सुशील पौडेल घोषित भए । प्रतियोगितामा खुल्ला तर्फ ४५ र भेट्रान्स मा १९ गरि कुल ६४ टिमको सहभागिता थियो ।

LEAVE A REPLY