लायन्स क्लव अफ कृष्णपुरको अध्यक्षमा उमा सापकोटा सर्वसम्मत

0
195

चितवन ०४ चैत्र । लायन्स क्लव अफ कृष्णपुरको अध्यक्षमा उमा सापकोटा चयन भएकी छन् । आज (सोमवार) भएको अधिवेशनले बर्ष २०१९÷०२० को लागि सर्वसम्मतमा नयाँ नेतृत्व चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा भुवन अधिकारि, द्वित्तीय उपाध्यक्षमा बिनोद ढकाल, तृतीय उपाध्यक्षमा हरि भट्ट चयन भएका हुन् । निर्वाचन अधिकृत एवं निवर्तमान अध्यक्ष बिकास पौडेलका अनुसार सचिवमा शिव कार्की, कोषाध्यक्ष रबिन पौडेल, टेमरमा भरत बानिया, टेल ट्विस्टरमा समिर मरहठ्ठा , एलसिआइएफ संयोजकमा सुर्य मणी पौडेल, सदस्यता समितिमा प्रमोद राज पौडेल, आइटि समिति संयोजकमा बाबुराम देवकोटा चयन भए । अन्य समिति सदस्यमा राजेन्द्र बाबु ढकाल, चेतनाथ भट्ट, निर्वाचित भएका हुन् ।

Advertisements

LEAVE A REPLY