शेयर बजार पुनः ऋणात्मक

0
21

काठमाडौं ४ चैत । पछिल्ला केही दिन सामान्य सकारात्मक रहँदै आएको शेयर बजारमा सोमबार पुनः गिरावट आयो ।

बजार परिसूचक नेप्से साढें ७ अंकले ओरालो लागेर ११ सय ५३ अंकमा आएर थामियो ।

वित्त र उत्पादनमूलक समूह बाहेक अरु सबै समूह ऋणात्मक रहेसंगै नेप्से ओरालो लागेको हो ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च ७६ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह पनि ६० अंकले ओरालो लाग्यो ।

जलविद्युत र लघुवित्त समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६९ कम्पनीको १३ लाख ९३ हजार कित्ता शेयर ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

LEAVE A REPLY