‘सङ्क्रमणकालीन द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ’ : अर्जुननरसिंह केसी

0
200

काठमाडौँ, ८ चैत । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सङ्क्रमणकालीन द्वन्द्व पीडितलाई राज्यले न्याय दिनुपर्ने बताउनुभएको छ ।

Advertisements

नेपाल माओवादी पीडित सङ्घले आज आयोजना गरेको बृहत् शान्ति सम्झौता सङ्क्रमणकालीन न्याय र वर्तमान राष्ट्रको अवस्था विषयको अन्तक्र्रियामा उहाँले राज्यबाट पीडा दिने र सङ्क्रमणकालीन द्वन्द्वबाट पीडा हुने दुवै पक्षलाई राज्यले छिटो न्याय दिलाउनुपर्ने बताउनुभयो । नेता केसीले बृहत् शान्ति सम्झौताको भावनानुरुप न्यायालयले पीडितको चित्त बुझाएर राज्यले भरणपोषण गर्नुपर्ने प्रष्टाउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्याय प्रदान गर्ने इच्छा राज्यमा हुनुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्य राज्य पक्षबाटै हुनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस नेता रामहरि खतिवडाले बृहत् शान्ति सम्झौता भएको लामो समय हँुदा पनि अझै सङ्क्रमणकालीन द्वन्द्व पीडितले न्याय पाउन नसेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता तथा पूर्वसंसाद एकराज भण्डारीले राज्यले जनताको पीडा सुन्ने काम नगरेको जिकिर गर्नुभयो । उहाँले न्यायालयले जनतालाई न्याय दिने काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस

LEAVE A REPLY