पौडी खेल्ने क्रममा नारायणी नदिमा डुबेर एक बालक बेपत्ता

0
105

आशिष उप्रेती, चितवन, ०९  चैत   । चितवनको भरतपुर महानगरपालिका २८, गोलाघाटस्थित नारायणी नदिमा बिहिबार पौडी खेल्ने क्रममा एक बालक नदिमा डुबेर बेपत्ता भएको छ । जितपुर बस्ने सन्दिप चौधरीको छोरा अन्दाजी १२/१३ बर्षका मनिष चौधरी बिहिवार दिउँसो २ बजे नारायणी नदिमा पौडी खेल्ने क्रममा नदिमा डुबेर बेपत्ता भएको हो । नदिमा डुबेर बेपत्ता भएको बालकको खोजिका लागि उक्त स्थानमा बिपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट प्रहरी निरीक्षक ईश्वरी अधिकारीको कमाण्डमा ७ जनाको गोताखोरको टोली र सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन अापटारीबाट प्रहरी निरिक्षक भोला कुमार श्रेष्ठको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो । उक्त टोलीले खोजतलास गर्दा पनि डुबेर बेपत्ता भएको बालकको लास नभेटिएको सशस्त्र प्रहरी बल नेपाल नं १७ गण आपटारी चितवनले जनाएको छ ।

LEAVE A REPLY