टिपरको ठक्करबाट महिलाको मृत्यु

0
20

पाल्पा, ११ चैत ।   निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

LEAVE A REPLY