कार्यकर्तालाई नआत्तिन आग्रह

0
26

फिक्कल, ११ चैत । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले हार भयो भन्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

इलाम सदरमुकाममा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले हारपछि अझ जनतामैत्री काम गर्नुपर्नेमा जोड दिँदै नेता सिंहले जनताको काम गर्न नछाड्न आग्रह गर्नुभयो । पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हृदयराम थानी, केन्द्रीय सदस्य सरिता प्रसाइँ लगायतले काङ्ग्रेसलाई एक ढिक्का बनाउन गाउँस्तरबाट नै लाग्नुपर्नेमा जोड दिनुभयो । (रासस)

LEAVE A REPLY