एक्सपर्ट एजुकेसनद्धारा हावाहुरी पीडितलाई लत्ता कपडा देखि रगत सम्म सहयोग

0
211

बिनिता कडेल, चितवन चैत्र १९ । आईतबार राती तराईका जिल्लाहरु बारा र पर्सामा आएको भिषण हावाहुरीका कारण घाईते तथा घर बिहिन भएकाहरुलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज चितवनले सहयोग हस्तान्त्रण गरेको छ । सोमबार संस्थाका निर्देशक डिल्लिराम अधिकारिको नेतृत्वमा गएको टोलीले बिभिन्न राहत सामाग्रीहरु बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गर्यो भने मंगलबार रक्तदान कार्यक्रम गरेको छ । मंगलबार भएको खुल्ला रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको संस्थकी आएल्स कोडिनेटर उमा आचार्यले बताईन । आचार्यका अनुसार मंगलबार भएको खुल्ला रक्तदान कार्यक्रममा ४३ पुरुष र १८ महिलाले रक्तदान गरेका थिए । मंगलबार संकलन भएको रगत आबश्यक्ता अनुसार रेडक्रस मार्फत हावाहुरी प्रभाबित जिल्लामा पठाईने संस्थाका निर्देशक डिल्लिराम अधिकारीले बताए । संस्थाले सोमबार १०० थान त्रिपाल, १०० थान म्याट र १०० थान झुल लगाएतका सामाग्री जिल्ला प्रशासन मार्फत हस्तान्त्रण गरेको थियो

LEAVE A REPLY