पिठुवा खानेपानी उपभोक्ता समितिमा किचलो, कांग्रेसले बुझायो रत्ननगरमा ज्ञापनपत्र

0
102

चितवन २१ चैत्र । रत्ननगरको पिठुवामा रहेको पिठुवा खानेपानी उपभोक्ता समितिको गठन प्रक्रिया एकलौटि ढंगबाट भएपछी विवाद सतहमा आएको छ । रत्ननगर नगरपालिकाको ठाडो निर्देशनमा बिधान बिपरित समिति गठन प्रक्रिया भएको भन्दै उपभोक्ता आक्रोशित भएका छन् । गठन प्रक्रिया स्वयम् उपभोक्तालाई जानकारी नदिई भएको भन्दै समितिमा रहेका केहि पदाधिकारीले असन्तुष्टि पोखे पछि विवाद बाहिरिएको हो । समितिको गत फागुन ४ गते साधारण सभा र अधिवेशन भएको थियो । वडा कार्यालय र नगरपालिकाका पदाधिकारीले आस्थाको आधारमा समिति गठन गर्न खोजेपछि उपभोक्ता त्यसको बिरुद्दमा उत्रिएका हुन् । Image may contain: 4 people, people sitting and indoorउता यहि बिषयमा नेपाली कांग्रेस चितवनले आज (बिहिवार) रत्ननगर नगरपालिकामा ज्ञापनपत्र उझाएको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशीले राजनैतिक आस्थाको आधारमा उपभोक्ताको दैनिक जिवनसंग सम्बन्धित उपभोक्ता समितिमा समिति गठन नगर्न चेतावनी दिए । उनले पिठुवा खानेपानी उपभोक्ता समितिमा भएको विवाद आम उपभोक्ता सामु छलफल गरेर निकास निकाल्न रत्ननगर नगरपालिकालाइ आग्रह गरे । ज्ञापनपत्रमा बिधान बिपरितको कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरिएको छ । बिधान बिपरित निर्माण भएको निर्दे्शिका मान्य नहुने समेत चेतावनी दिइएको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पुर्व राज्यमन्त्री शेषनाथ अधिकारी, सुर्य अर्याल , निता ढकाल , कांग्रेस नगर सचिव देवेन्द्र भुजेल लगाएतको उपस्थिति थियो ।
पिठुवा खानेपानी उपभोक्ता समितिमा वडा र नगरपालिकाले नेकपा निकटका पदाधिकारीलाई समितिमा ल्याएको स्रोतले बताएको छ । “सोहि समितिमा पनि माओबादी केन्द्र निकटका पदाधिकारीले गठन प्रक्रियालाई चर्को बिरोद जनाएका छन् । राजनीतिक आस्थाको आधारमा उपभोक्तालाई जानकारी नै नदिई एकलौटि ढंगबाट दर्ता भईसकेका नामावलीलाइ समावेश नगरी गठन भएको हो ।” स्रोतले भन्यो, “बिधान बिपरित समिति गठन भयो । जसलाई आम उपभोक्ताले अस्विकार गरिदिए ।” पन्ध्र दिन भित्रमा अधिवेशन सकिसक्नुपर्ने भएता पनि महिनौ सम्म कसलाई अध्यक्ष बनाउने भन्ने विवादले अन्यौलता छाएको स्रोतको बुझाई छ । १५ उपभोक्ता बरावर १ परिसद सदस्य बनाउने बिधि रहेको छ । पिठुवा खानेपानी समितिमा हाल करिव ३ हजार ३ सय उपभोक्ता छन् ।

LEAVE A REPLY