चितवनमा कांग्रेस नेता प्रदिप पौडेलको २ दिन : बिमानस्थलमा भब्य स्वागत देखि अन्तरक्रिया सम्म !

0
498

चितवन २४ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल चितवनमा रहदाँ निकै ब्यस्त रहे । भरतपुर बिमानस्थलमा अवतरण भए देखि नै कार्यकर्ता भेटघाटमा तल्लिन भए । चैत्र २२ गते चितवन आएका उनि विभिन्न कार्यक्रममा सहभागी भए । उनलाई बिमानस्थलमा भएको भब्य स्वागतले चितवनमा कांग्रेस नेता कार्यकर्ताको कति रोजाईमा छन् भन्ने देखाएको थियो । उनलाई कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशी लगाएतका नेताले भब्य स्वागत समेत गरेका थिए ।
नेपाली कांग्रेसमा अनवरत साथ् दिएका प्रजातन्त्रका सेनानी कांग्रेसका पुराना नेता देवी प्रसाद शिलवालको शोकसभा, भरतपुर १०मा क्रियाशील सदस्य संगको अन्तरक्रिया, खैरहनीमा नरेन्द्रनाथ अधिकारी र बिस्वबिजय बस्नेतको पुण्यतिथि , नगर समितिको भित्तेपात्रो लोकार्पण र भरतपुर महानगरपालिका वडा नं.११ को शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रममा सहभागी भए । उनि सहभागी भएका सबै जसो कार्यक्रममा आम सर्वसाधारणले सम्बाद गर्ने मौका समेत पाए । नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ, जिल्ला सचिव उत्तम जोशी लगाएतका नेता समेत ति कार्यक्रममा सहभागी थिए ।
अधिकांश कार्यक्रममा नेता पौडेलले नेपाली कांग्रेसको नेतृत्व बिधान र बिधि अनुसार चल्न पर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे । उनले पार्टी सभापतिले पार्टीलाई जरै देखि सबल बनाउदै लैजानु पर्नेमा त्यो भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनका अनुसार महासमितिको भेलाले प्रस्ताव गरेका बिषयबस्तुमा गम्भीर भएर नेतृत्व लागेमा कांग्रेस बलियो बन्नेछ । उनले बर्तमान सरकार असफल भैसकेको दाबी गरे । धेरै जन अपेक्षा सहित सरकारमा गएको कम्युनिष्ट सरकार जन अपेक्षा अनुसार काम गर्न पूर्ण रुपमा असफल भैसकेको बताए । नेपाली कांग्रेस अहिले पूर्ण रुपमा देशको समृद्दीका लागि तल्लिन भएको भन्दै उनले आगामी चुनावमा कांग्रेसलाइ पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए ।
कांग्रेस जिल्ला सचिव उत्तम जोशीले नेता पौडेलको प्रशंसा गर्दै कांग्रेसको नेतृत्व नया पुस्तामा हस्तान्तरण गरेर समृद्दीको लागि अगाडी बढ्नुपर्ने बताए । फरक फरक कार्यक्रममा नेपाली कांग्रेसका जिल्लाका नेताहरु जितनारायण श्रेष्ठ , रामकृष्ण घिमिरे, उत्तम जोशी, महासमिति सदस्य राजेश्वर खनाल लगाएत नेता सहभागी भएका थिए ।

LEAVE A REPLY