परदेशमा रहेर घरदेश सम्हाल्ने नेपालीलाइ कोइरालाको आग्रह : देश निर्माणमा जुटौ

0
299

काठमान्डौ। नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले प्रत्येक स्वाभिमानी नेपाली देश निर्माणमा जुट्नु पर्ने बताएका छन ।
नेपाली कांग्रेस जनसम्पर्क समिति दुहा कतारले गरेको अन्तरक्रियामा कोइरालाले स्वाभिमानी नेपाली अब देश समृद्द बनाउन केन्द्रित हुनुपर्ने बताए । नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा पुर्व अध्यक्ष बिमल सुबेदि, कार्यबाहक अध्यक्ष शंकर न्यौपाने , सहमहामन्त्री केदार भुषाल, क्रान्ति सिंह आले, ठाकुर परियार ,तरुण दलका महाधिबेसन प्रतीनिधी सोम प्रशाद भण्डारी लगायतका बोलेका थिए । कार्यक्रम नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस जनसम्पर्क समिति दुहा, कतारको अध्यक्ष केशव भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisements

LEAVE A REPLY