दुई तिहाइको सरकार अरुलाई दोष लगाएर उम्किन पाउदैन ः उत्तम जोशी

0
192

चितवन २५ चैत्र । दुई तिहाइको कम्युनिष्ट सरकारले विकास निर्माणको पक्षमा कसैलाई दोष लगाएर आफु उम्किन नसक्ने नेपाली कांग्रेस जिल्ला नेता उत्तम जोशीले बताएका छन् । नेकपाका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कसैलाई आरोप लगाएर आफु पन्छिने वातावरण नरहेको उनले बताए । भरतपुर अस्पतालको ५६ औं बार्षिकोत्सवमा बोल्दै उनले विकासको काममा कांग्रेस बाधक नहुने जिकिर गरे ।
भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज बीचको सम्झौतामा दुई पक्ष नै प्रस्ट हुनुपर्ने बताए । ‘पटक पटक संचारमाध्यममा भाडाको बिषयमा धेरै समाचार आए । तर यसको बिषयमा कुनै छलफल हुन सकेन ।’ उनले भने, ‘अनावस्यक विवाद निम्त्याउन खोजिदै छ । भरतपुर अस्पतालको जग्गा भरतपुर अस्पतालले नै उपभोग गर्न पाउनु पर्छ । यो गरिवको अस्पताल हुनुपर्छ ।’
सरकारी र निजि अस्पतालमा हुने सेवाको सेवामुल्य फरक पर्दा जनतामा अन्यौलता छाएको उनको टिप्पणी छ ।
प्रमुख अतिथि रहेका सांसद कृष्णभक्त पोखरेलले अहिलेको सरकार दुई तिहाईको दम्ब नदेखाई सबै पार्टीलाई समेटर समृद्धिको यात्रामा जानुपर्ने मान्यतासहित अघि बढेको बताए । उनले भने अब जिन्दावाद र मुर्दावाद भनेर बस्ने समय गए । ‘म पहिला कार्यक्रममा एक घण्टा कांग्रेसको विरोध गर्थे, उनले भने,‘अहिले म एक शब्द पनि विरोधमा खर्च गर्दिन । अब रचनात्मक ढङगबाट खबरदारी गर्ने समय आएको छ ।’ कार्यक्रममा विभिन्न पार्टीका जिल्ला तहका नेता, स्वास्थ्य अधिकारी लगाएतको उपस्थिति थियो । ५४० बेड क्षमताको भरतपुर अस्पताल मोफसलकै उत्कृष्ट अस्पताल मानिन्छ ।

LEAVE A REPLY