नेपाली कांग्रेस चितवनको भोलि हुने भनिएको जागरण अभियान स्थगित

0
229

चितवन बैशाख १० । नेपाली कांग्रेस चितवनको रास्ट्रीय जागरण अभियान स्थगित भएको छ । नेपाली कांग्रेसको केन्द्रिय समितिको निर्देशन अनुसार हुने भनिएको जागरण अभियान हाललाइ स्थगित भएको हो । नेपाली कांग्रेसका पुर्व केन्द्रीय काेषाध्यक्ष तथा पुर्व मन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछी जागरण अभियान स्थगित गरिएको नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशीले बताए । उनका अनुसार साे कार्यक्रमकाे उद्घाटन बैशाख २५ गते बुधबार हुनेछ । नेपाली कांग्रेस समर्थक एवं कार्यकर्तालाइ थप चलायमान बनाउदै बर्तमान सरकारको जनविरोधी कदमको बिरोध स्वरुप अभियान सुरु गर्न लागिएको हो ।

NO COMMENTS

LEAVE A REPLY