कांग्रेस इतिहासकै सबैभन्दा खराव अवस्थाबाट गुज्रिरहेको छ ः केसी

0
93

काठ्माण्डौ २८, वैशाख । नेपाली कांग्रेसका नेता एवं पुर्व खेलकुद मन्त्री राजन केसीले नेपाली कांग्रेस इतिहासकै सबैभन्दा खराव अवस्थाबाट गुज्रिरहेको बताएका छन् । नेपाली कांग्रेस किर्तिपुर नगरपालिका २ ले नयाँ वर्षको उपलक्ष्यमा गरेको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीलाई फेरी एकपटक सवल बनाउन तल्लो तह बाट अभ्यास थालिनुपर्ने बताए । जनतालाई बर्तमान सरकारका अलोकप्रिय कार्यक्रम र कांग्रेसको भाबी नीतिको बिषयमा जागरण गराए कांग्रेस फेरी जाग्न सक्ने उनको बुझाई छ । अहिले देशभर जन–जागरण अभियान समेत चलिरहेको छ । उनले भने “युवा सशक्तिकरणका माध्यम बाट युवालाइ पार्टी प्रति सकारात्मक बनाउंदै अगाडी बढ्नु पर्छ । यदि अहिले यसो गर्न सकिएन भने राजनीतिमा युवाको चाहना घट्दो छ । अवस्था झन् प्रतिकुल बन्न सक्छ ।” उनले भने, “पार्टीका हरेक वर्ग तहमा रहेका व्यक्ति र नेता कार्यकर्तालाइ गुट भन्दा पनि सिंगो पार्टी प्रति झुकाव राख्न उत्पेरित गर्नु पर्ने छ ।”
नेता केसीले प्रधानमन्त्री प्रति कटाक्ष गर्दै यो देशबाट छिट्टै कम्युनिष्ट र कम्युनिष्टको अधिनायकवाद परास्त हुने चेतावनी दिए ।
सोहि क्रममा नेपाली कांग्रेस काठमान्डौका सचिव राजकुमार नकर्मीले आफ्नो घर बलियो बने समाज बलियो बन्ने बताए । प्रदेश सांसद पुकार महर्जनले विकासको लागि योजना जनता बाट आउनु पर्ने बताए । आफुले पनि सक्दो योजना छनौट गरि प्रदेश सरकारबाट बजेटको ब्यबस्था गर्न पहल गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हरि अधिकारि, दिपेन्द्र आचार्य , नगर सभापति कृष्ण मान डंगोल,जिल्ला सदस्य अजित गौतम लगाएतले बोलेका थिए । कार्यक्रम इकाई सभापति अष्ट महर्जनको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रम सचिव सुर्य कान्त कोइरालाले संचालन गरेका थिए ।

LEAVE A REPLY