अन्नपुर्ण दुग्ध उत्पादन सहकारीमा वित्त रणनिती निर्माण सम्बन्धी छलफल

0
318

चितवन, २७ जेठ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाले आफ्नो तिन बर्षिय वित्त रणनिती निर्माण सम्बन्धी छलफल गरेको छ । आज सहकारीमा भएको छलफलमा संस्थाको बिगत र बर्तमानको वित्तीय अवस्थाको बिश्लेषण समेत गरिएको हो ।
नेदरल्याण्डको एग्रिटेरा नामक संस्थाको सहयोगमा सस्थाको स्थिती समिक्षा र बिश्लेषण गरी यसैको आधारमा भावी योजना तजुमा गरिने सस्थाका अध्यक्ष भगिरथ तिमल्सेनाले बताए । ‘उत्पादन र क्षमता लाई बिस्तार गदै बजार अशं बिकास र बिस्तार तर्फ हामी केन्द्रित छौ, किसानको सर्बोपरि हितलाई ध्यानमा राखेर संस्थाको बृहत्तर बिकासमा जोड गरेका छौ ।’उनले भने, ‘गुणस्तरमा पनि अब्बल बनाउने योजनामा छौ ।’ अन्नपुर्णले अहिले बार्षिक १४ करोडको कारोबार गदै आएको छ ।
दुध सकंलन, डेरी उद्योग, दाना उद्योग , गाई र्फम र बचत तथा ऋण कार्यक्रम गरि पाँच वटा क्षेत्र संंचालनमा छन् । संचालित क्षेत्रमा बार्षिक रुपमा लगानी र प्रतिफलको खाका तयार पारी कार्यान्यन तर्फ केन्द्रित हुने व्यबस्थापक करुण पोखरेलले बताए । लगानी रणनिती, बजार बिकास, सस्थाको क्षमता बिस्तार र मर्जर रणनिती अबलम्वन गरि निर्धारीत लक्ष्य आगामी ३ बर्षमा पुरा गर्नेगरि रणनिती बनाइने उनको भनाई छ ।
दुधको उचित मुल्य कायम गरि किसान लक्षित कार्यक्रम बनाउने सस्थाको जोड छ । सस्थांले दैनिक करिव ५५ सय लिटर दुध उत्पादन गदै आएको छ । कार्यक्रममा नेदरल्याण्डको एग्रिटेरा नामक संस्थाका प्रशिक्षक जेएफले बित्तीय रणनितिक बिकल्प बारे प्रकास पारेका थिए ।

Advertisements

LEAVE A REPLY