रंगशाला प्रकरणः कंडेल भन्छन्, पार्टीले हतार गर्यो

0
20

चितवन, जेठ २८ । निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउन नेतृत्व गरेको अभियोग लागेका प्रकाश कंडेलले आफुलाई पार्टीले कार्वाही गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

रंगाशालाको बार भत्काउनु दुःखद् भएको भन्दै सम्बन्धित पक्षले स्थानीयको आवाज नसुनेका कारण जनता आक्रोशित भएर बार भत्काएको कंडेलको दावि छ । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कंडेलले स्थानीय जनताको आवाजलाई व्यक्तिको मुद्धा बनाएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आफुलाई पार्टीबाट निलम्बन गर्नु चिन्ताको विषय भएको बताए ।

उनले रंगशाला निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता जनाए । छिट्टै धुर्मुस–सुन्तली फाउण्डेशन, स्थानिय, भरतपुर महानगरपालिका सबैको संयुक्त आब्हानमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा रंगशाला निर्माणमा एकजुटको घोषणा र निर्माणको थालनी गरिने उनको भनाई छ । ।

LEAVE A REPLY