बाबुराम र उपेन्द्र : सरकार छाड्ने चेतावनी

0
88

काठ्माण्डौ जेठ ३० । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएपछि बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आज पार्टी अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादवलेनिर्वाचन आयोगमा गएर पार्टी दर्ता गराएका हुन् । पार्टी दर्ता भए पनि चुनाव चिन्ह भने अहिले तय भईसकेको छैन । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको छ ।

पार्टी दर्ता गराएपछि पत्रकारसंग बोल्दै भट्टराईले आफनो पार्टीले समावेशिता लगायत मुद्दाहरू उठाउने बताए । अर्का अध्यक्ष यादवले संविधान संशोधनको गर्नु पर्ने माग रहेको बताए । सरकार छाड्ने नछाड्ने प्रश्नबारे भने उनले ठोस जवाफ दिएनन् ।संविधान संशोधन गर्ने सहमतिमा सरकारमा सामेल भएको बताउँदै उनले भने “संविधान संशोधन नभए सरकार छाड्छौँ” । अध्यक्षद्धयले अब समाजवादी पार्टी तेस्रो शक्ति भइसकेको दाबी गरे ।

LEAVE A REPLY