“कांग्रेसमा आर्कषण बढ्यो” – कांग्रेस

0
26

काठ्माण्डौ जेठ ३० । नेपाली कांग्रेसले पार्टीले चलाएको पहिलो चरणको जागरण अभियानले पार्टीप्रति आर्कषण र सरकारप्रति विर्कषण भएको बताएको छ । जागरण अभियानबारेमा जानकारी दिन आज बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गर्दै यस्तो बताईएको हो । सम्मेलनकै क्रममा जागरण अभियानले कांग्रेसमा प्रबेश गर्ने संख्या बढेको पनि बताईएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ३१ हजार ६४२ जना कांग्रेस मा प्रबेश गरेको बताए ।

उनले भने “जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ” । सबैभन्दा बढि सत्तारुढ दल नेकपाबाट नै कांग्रेस प्रबेश भएको भन्दै उनले अगाडी थपे “कांग्रेसमा प्रबेश गर्नेहरुमा नेकपाको संख्या चाही दुई तिहाई नै छ जस्तो चाही अनुमान लगाउन सकिन्छ” । पार्टी प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरु समेत रहेको उनले बताए ।

नवप्रववेशीलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी दिने बताए । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ । पहिलो जागरण अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते सम्पन्न भएको थियो भने दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गतेसम्म चल्ने जानकारी दिईएको छ ।

LEAVE A REPLY