चेलीवेटी बेचबिखन मुक्त समाजको लागी रामनगरमा सचेतना गस्ती

0
298

शिव शर्मा, चितवन असार ०१ । पछिल्लो समय महिला हिसाँका घटनामा उल्लेख्य बृद्धि भएको छ । जनचेतनाको कमी, गरिवी, बेरोजगारी लगाएतका कारण महिला हिसाँका घटनामा बृद्धि भएको जानकार बताउछन् । महिला हिसाँका घटनाको रोकथामका लागी माइती नेपाल र सुरक्षा निकायले बिभिन्न कार्य गदै आएका छन् । यसै क्रममा आज माइती नेपालको संयोजनमा नेपाल प्रहरी र सशत्र प्रहरीको सहयोगमा रामनगर क्षेत्रका होटेलमा गस्ती गरिएको छ ।

पुर्व पश्चिम राजमार्ग क्षेत्रमा यातायातको सहज पहुँचका कारण ओसारपोसारका घटना बढि हुने भएकाले सचेतनामुलक गस्ती गरिएको माइती नेपाल चितवन शाखाका कार्यक्रम संयोजक इस्वर गिरीले बताए । उनका अनुसार माइती नेपालको नियमित कार्यक्रम अन्र्तगत चेलीवेटी बेचबिखन मुक्त समाजको लागी कार्यक्रम गरिएको हो । गस्तीका क्रममा होटल ब्यबसायी हरुले शंकास्पद व्यक्ति फेला पारेमा सम्बन्धीत निकायलाई सुचना दिन आग्रह गरिएको थियो । ‘सचेतनामुलक गस्तीका कारण सुचना दिने काममा सहजता आएको छ , शंकास्पद व्यक्ति लागेमा प्रहरी र माइती नेपालमा खवर गरि सहयोग गर्नेछौ ।’ होटल व्यबसायी सिता केसीले भनिन् । चेलीवेटी बेचबिखन मुक्त समाजको लागी हरेक नागरिकको कर्तव्य भएकाले यसका लागी सुरक्षा निकायसगं सहकार्य गनुपर्ने संयोजक गिरीको भनाई छ ।

Advertisements

माइती नेपालको सक्रियतामा समाजका हरेक पक्षका सरोकारवालाहरुसंग निरन्तर अन्तरक्रिया गर्ने गरिएको हो । माइती नेपालले वेचबिखनमा परेका चेलीवेटीको उद्धार गरि आवधिक गृहमा राखि अभिभावक संग पुर्नमिलन गराउदै आएको छ ।

LEAVE A REPLY