तनाव व्यबस्थापनका लागी प्रशिक्षण

0
215

चितवन असार ०१ । समयको परिवर्तन सगंै मानिस तनावमा रहन्छ । कोहि आफ्नै कारणले तनाबमा रहन्छन् त कोहि बाह्य कारणले । तनाबकै कारणले मानिस उच्च कार्यसम्पादनमा समेत प्रभाव पर्दछ ।
मानिस बाह्य कारणले भन्दा बढि आन्तरिक कारणले तनावबाट ग्रसित रहने बरिष्ठ राजयोग प्रशिक्षक राजु घले ९भाईजी० ले बताएका छन् । तनाब व्यबस्थापनका लागी मानिसले आफुलाई चिन्न सक्नुपर्ने उनको भनाई छ । चितवन र नवलपुरका पत्रकारका लागि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नारायणगढको आयोजनामा गैडाकोटमा भएको तनाव व्यबस्थापन सम्बन्धी कार्यक्रममा उनले आफ्नो लक्ष्यमा केन्द्रित भई अनुभवलाई बढवा दिनुपर्ने बताए ।
कार्यक्रमबाट तनाव र समय व्यबस्थापन सम्बन्धी उत्प्रेरणात्मक ज्ञान हाँसिल गर्न सकिएको सहभागीको भनाई छ ।

Advertisements

LEAVE A REPLY