योगीनरहरिनाथ गुरुकुलका बटुकलाई लत्ताकपडा सहयोग

0
253

रविना पौडेल,चितवन असार ०४ ।भरतपुर महानगरपालिका १ वागीश्वरी स्थित श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रममा रहेको संस्कृत गुरुकुलमा आश्रीत २१ जना बटुकहरुलाई कपडा वितरण गरीएको छ ।

Advertisements

जातिय विभेद रहिद नेपालकै पहिलो समाबेशी गुरुकुलको नामले परिचित योगीनरहरिनाथ संस्कृत गुरुकुलका बटुकहरु का लागि कपडा व्यवसायी संघ नारायणगढ चितवनले आज बुधबार कपडा वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कपडा व्यवसायी संघ नारायणगढ चितवनका सल्लाहाकार नारायण प्रसाद शर्माले आश्रमबाट माग भए बमोजिमको करिब २५ हजार रुपैया बराबरको पहेलो रङ्गगको कपडा वितरण गरेका हुन्। कार्यक्रममा बोल्दै बोल्दै प्रमुख अतिथि शर्माले आफ्नो सस्थाले कपडा वितरण गर्दा खुसि लागेको र आगामी दिनमा पनि बागेश्वरिलाई सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।

बागेश्वरी गुरुकुलका अध्यक्ष यदुनाथ पोखरेलले आश्रमका बटुकहरुको शिक्षादीक्षामा सहयोग पुग्ने भन्दै सहयोगी दातालाई धन्यवाद व्यक्त गरेका थिए ।कार्यक्रम कपडा व्यवसायी संघ नारायणगढ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कपडा व्यवसायी संघ नारायणगढ चितवनका प्रथम उपाध्यक्ष गोकुल प्रसाद कडेल, संरक्षक शान्त प्रसाद पोखरेल, वागेश्वरी आध्यात्मिक परिषद्का सल्लाहाकार ऋषिराज पाण्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसै गरि हिजो मंगलबार गौ सेवकहरुलाई करिब ६८ हजार बराबरको लताकपडा सहयोग प्राप्त भएको छ । स्थानिय प्रजातिका गौहरुको गौशालाका गौसेवकका लागि नवलपुर गैडाकोट ५ कांग्रेस चोक निवासी समाजसेवी मदनभक्त अधिकारी र उहाको श्रीमती दिपा अधिकारीले तयारी पोशाकहरु भोटो, दौरा, सुरुवाल, धोती प्रर्दान गरेका हुन्। सोही अवसरमा अर्का समाजसेवीले वैदिक आयुर्वेदका सन्चालक श्री चक्रपाणी न्यौपानेले २५ जनाई बुटकहरुका लागि ढाका टोपी प्रर्दान गरेको बताइएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी परिषदका अध्यक्ष शैलेन्द्र पिया,संरक्षक शान्त प्रसाद पोखरेल, परिषदका सदस्य तथा उधोग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीको सहभागितामा अधिकारीले सो रकम बराबरको लत्ताकपडा हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY