मृगौला पिडीतलाइ पोर्चुगल देखि सहयोग

0
94

गैडाकोट,५असार । नवलपुरका १८ बर्षीय मृगौला पिडीत बिकास खत्रीको स्वास्थ्य उपचारका लागि पोर्चुगलबाट सहयोग प्राप्त भएको छ ।
पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुबाट गैडाकोट नगरपालिका ५ निवासी खत्रीको लागि रू १ लाख,२६ हजार ७ सय ६४ रूपैया संकलन भएको हो । नवलपुर समाजको सक्रियतामा आर्थिक सहयोग संकलन गरिएको थियो । संकलित सहयोग रकम त्यसै वडाका समाजसेवी मदनभक्त अधिकारी ,नरहरी सापकोटा र नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटको उपस्थितीमा बिरामीलाई हस्तान्तरण गरिएको हो ।
खत्रीको दुबै मृगौलाले काम गर्न छोडेपछि बिगत ४ महिनादेखि भरतपुर अस्पतालमा डाईलासिस गराउदै आएका छन् । आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि खत्री र उनको परिवारले सहयोग गरिदिन आग्रह गरेको छ ।

LEAVE A REPLY