धादिङ जीप दुर्घटना हुदां ५ जनाको मृत्यु, १० घाइते

0
208

काठमाडौं , ६ असार । धादिङमा आज दिउँसो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। धादिङको गल्छी गाउँपालिका–६, बाँझागाउँमा बा १६ च ९४०८ नम्बरको जीप सिरुबारीबाट बैरेनीतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो ।

Advertisements

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीया सरिता प्याकुरेलको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY