विप्लवद्वारा आन्दोलनको कार्यक्रम घोषणा

0
190

काठ्माण्डौ असार ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सर्लाहीमा जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको बिरुद्धमा पार्टीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । पार्टीकामहासचिव विप्लवद्वारा जारी विज्ञिप्तमा ४ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

Advertisements

उनले पौडेललाई नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको उल्लेख गर्दै जता तथा आफनो गैर न्यायिकहत्या र अपराधमाथि पर्दा हाल्न भिडन्तको नाम दिएको दाबी गरेका छन् । उनले सरकारको उक्त दाबीलाई दारेज गर्दै मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

LEAVE A REPLY