जिल्ला इन्चार्ज पौडेल मारिएको घटनामा छानविन आयोग गठन गर्न माग

0
266

काठ्माण्डौ असार ६। विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सरकार कडा रुपमा प्रस्तुत भईरहेको छ । केही दिन अघि मात्र गृहमन्त्री रामबहादुर थापाले सातै प्रदेशका प्रहरी प्रमुखलाई बोलाएर विप्लव गतिविधीलाई निस्तेज पार्न कडा निर्देशन दिएका थिए । देशभर विप्लवका नेता तथा कार्यकर्ता धरपकडको कार्यक्रम जारी नै छ । यसबीचमा हिजो सर्लाहीमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसंगको मुठमेडमा मारिएका छन् ।

Advertisements

प्रहरीले दोहोरो झडपमा मारिएको बताए पनि विप्लव समूहले विज्ञप्ति जारी गर्दै साथीलाई कुरेर बसेका पौडेलमाथि गोली चलाएर हत्या गरेको आरोप लगाएको छ । प्रतिबन्ध लगाएपछि प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता मारिएको यो दोस्रो घटना हो । यता प्रहरीले प्रक्राउ गरेका विप्लव कार्यकर्तालाई दोहोरो भिडन्तकोनाम दिएर हत्या गर्ने गरेको भन्दै आलोचना पनि भईरहेको छ ।

यसबीच आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको विषेश समयमा बोल्दै कांग्रेस सांसद मिना पाण्डेले जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको बारेमा छानबिन गर्न माग गरेकीछिन् । प्रहरीले गोली हानी हत्या गरेको समाचार सार्वजनिक भएकाले सो सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न छानविन आयोग गठन गर्न माग गरेकी हुन् ।

LEAVE A REPLY