राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर देखाउँदै सञ्चारमन्त्रीले भने “यही हो हाम्रो स्वतन्त्रता ? ”

0
30

असार ६ – सरकारले सूचना प्रविधिसम्बन्धि विधेयक ल्याएर संचारक्षेत्रलाई नै अंकुश लगाउन खोजिरहेको भन्ने आलोचना भईरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न दबाब दिएका छन् । मन्त्री बास्कोटाले आज शुक्रबार बसेको संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले समितिलाई दबाब दिएका हुन् । उनले विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए । २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टी व्यक्त गरे । यता समितिको बैठकमा उपस्थित भएका सांसदहरुले विधेयकमा स्पष्टता नभएको भन्दै थप छलफल आवश्यकता रहेको बताए ।

यता सञ्चारमन्त्रीले भने मोबाईल झिकेर एउटा स्क्रिनसट देखाउँदै भने हाम्रो सभ्यता र स्वतन्त्रता यही होरु जुन तस्बिरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी शर्मा ओली र स्वर्गीय मदन भण्डारी रहेका थिए । फेसबुकमा पोस्ट भएको उक्त तस्बिरमा लेखिएको सुनाउदै उनले भने “हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं। त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला।”

विधेयकबारे बोल्दै गर्दा उनले प्रश्न गरे “हाम्रो सभ्यता र स्वतन्त्रता यही हो” रु सामाजिक सञ्जालको नाममा अरुको मानमर्दन गरी पोस्ट गर्नेमाथि सरकारले अंकुश लगाउन सूचना तथा प्रविधि विधेयक लिएर आएको हो । जसमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुबै सजायको प्रावधान छ। यस विधेयकमा नेकपाका सांसदहरुले समर्थन गर्दै कानुन बन्नु पर्ने बताउँदै आएका छन् भने कांग्रेसले यस्तो खाल्को व्यवस्थाले नागरिकको वाक स्वतन्त्रतामा अंकुश लाग्ने र हनन हुने भन्दै बिरोध गर्दै आईरहेको छ ।

LEAVE A REPLY