कोपा अमेरिकामा कतारलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

0
116

काठमाडौं, असार ९ । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो । स्टार खेलाडीले भरिएको अर्जेन्टिनाका कुनै पनि स्टार फरवार्ड यस प्रतियोगितामा चल्न नसकेका बेला कतारविरुद्ध लौटारो मार्टिन्जले र सर्जियो अगुएरोले गोल गरे । युवा फरवार्ड पाउलो डिबालाले यस प्रतियोगितामा पहिलोपटक खेल्ने मौका पाए । उनलाई खेलको ७६औं मिनेटमा गोलकर्ता मार्टिन्जको स्थानमा मैदान पठाइएको थियो ।
जितसँगै अर्जेन्टिना समूह ‘बी’को उपविजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको छ । उसले तीन खेलमा एकमा हार, एकमा बराबरी र एकमा जित निकाल्दै ४ अंक बनाएर अर्को चरण पुग्यो । कोलम्बिया ३ वटै खेल जितेर शतप्रतिशत ९ अंक जोड्दै समूह विजेता बनेर अर्को चरण पुग्यो ।

LEAVE A REPLY