समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

0
162

भरतपुर ।  मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ ।

आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य आफ्नो ब्यवसाय विस्तार र आर्थिक समुन्नति नै हुन्छ । व्यवसायलाई सामाजिक उत्तरदायीत्वको कोणबाट संचालन र योजना गर्ने क्षमता थोरै ब्यक्तिमा मात्र छ । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्दै विभिन्न संघ/संस्था मार्फत सामजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका अर्यालले विगतमा धेरै क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

१२ वर्षको लामो बिदेश बसाइको लामो अनुभव पछि उहाँ स्वदेशमा नै बसेर समाजमा केही गरौ भन्ने सोचका साथ विभिन्न माध्यमबाट समाजसेवा र आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ केशव प्रसाद अर्याल । १२ वर्षको बिदेशको अनुभवले उनी सकेसम्म नेपालमै केही गरौ । यहाँ पनि अवसर छन् भन्ने कुरालाई जोड दिन्छन् । राम्रो परिश्रमले मानिसलाई सफल बनाउछ भन्ने उनको मान्यता छ ।

देशमै धेरै संभावनाहरु छन् आफनो परिवार संग बसेर केही गर्नुको बेग्लै आन्नद हुन्छ अर्याल भन्नुहुन्छ । वि स १९८० सालमा जन्मनुभएका अर्यालले आफनो अध्ययन धादिङबाट गर्नुभयो । धादिङमा अक्षर चिन्नुभएको अर्यालले चितवनमै कलेज स्तरको पढाई समेत पुरा गर्नुभयो । बिए स्तरको पढाई काठमाण्डौवाट पुरा गर्नुभयो । चितवनमा सामाजिक सस्था जलदेबी टोल बिकास सस्थामा कोषाध्यक्ष रही गाउँ,टोल,समाज र नगरका लागि निस्वार्थ सेवा गर्दै आउनु भएका अर्याल नारायणी एग ट्रेमा समेत आफनो जिम्मेवारी महत्वपुर्ण रुपमा पुरा गर्दै आउनुभएको छ ।

एक दर्जन भन्दा वढि संस्थामा आवद्ध रहेर विभिन्न सामाजिक काममा समेत उहाँ सक्रिय हुदै आउनुभएको छ । परिवारको राम्रो शिक्षाका कारण आफ्नो उद्देश्य प्राप्तिका लागि एकाग्रतामा लाग्नुभयो अर्याल । अहिले उहाँसँगका साथीहरु कहाँ छन् ? उहाँ कुन लेवलमा हुनुहुन्छ । त्यो कुराको मूल्यांकन अरुले गरिरहेका छन् । उहाँ सँगका साथीहरु उहाँको लेवलमा पुग्न सकेका छैनन् । सँगैका कतिपय साथीहरु लफङ्गा समेत भएर हिडिरहेका छन् । तर, अर्याल आफ्नो व्यवसायसँगै सामाजिक कार्यमा लागिरहनु भएको छ । पछिल्लो समयमा समाज सेवामा अनगिन्ती संस्था खोलिनु अनि समाज सेवाका नाममा व्यापारिकरण गरिनुलाई अर्यालले विरोध गर्नुभएको छ ।

उहाँ भन्नुहुनछ, ‘समाज सेवाका नाममा कतिपय मानिसहरुले व्यापारिकरण गरेका छन् कमाउ धन्दा गरेका छन् , त्यो राम्रो होइन, त्यसले क्षणिक सम्पत्ति त कमाउला तर, समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ । उसको सामाजिक प्रतिष्ठाको कुरा हुन्छ त्यसैले समाज सेवाका नाममा व्यापार गर्न नहुने अर्यालको तर्क छ । सोचे के हुँदैन भन्ने प्रश्नको गतिलो उदाहरण बन्नु भएको छ अर्याल । त्यसैले उद्देश्य प्राप्तिका लागि एकाग्रता हुनुभएका अर्याल यतिवेला एउटा सफल व्यवसायी र समाजसेवीका रुपमा चिनिनुभएको छ । मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार रहेको मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनमा समेत रहेका अर्यालले यो समयमा सामाजिक क्षेत्रमा सहयोगको भावनालाई अझै फराकिलो वनाउने सोच वनाउनुभएको छ ।

हरेक व्यक्तीले सम्भव भए सम्मको सहयोग समाज क्षेत्रमा लगानी गर्न सके परिवर्तन सम्भव रहेको अर्याल वताउनुहुन्छ । आफुले सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको उहाँ बताउनुहुन्छ । सानै उमेरमा शिक्षा,व्यवसाय र समाजसेवामा लाग्नुभएका अर्यालले भविष्यमा यि तिनवटै कुरालाई निरन्तर रुपमा अगाडी वढाउदै जाने बताउनुभएको छ ।

अर्याल यतिबेला सफल व्यावसायी र समाजसेवी हुनुहुन्छ । त्यसैले समाजसेवा संगसगै आफ्नो उद्देश्य प्राप्तीमा अगाडि बढिरहनुभएका अर्यालबाट अरुले पनि केहि सिक्ने हो की ?

LEAVE A REPLY