गीतानगरमै पहिलोपटक इलेट्रोनिक्स पसल खुल्यो

0
99

असार १२, गीतानगर । गीतानगर बजारमानै पहिलो पटक इलेट्रोनिक्स पसल खुलेको छ । भरतपुर महानगरपालिका ६ गीतानगर बजारको विपि चोकमा समृद्धि इलेक्ट्रिक एण्ड इलेट्रोनिक्स स्टोर्स बिहिवार देखि संचालनमा आएको हो । स्टोर्सको भरतपुर महानगरपालिका वडा नम्बर ०६ का वडा अध्यक्ष हरिविलास कोइराला र १३ का वडा अध्यक्ष प्रकाश दवाडीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभयो ।

स्टोर्स बाट टिभी,फ्रीज,एसि लगायतका घरमा आवश्यक वाइरिङ्ग सम्बन्धि सम्पुर्ण विजुलीका सामान पाइने प्रोप्राइटर टंक बास्तोलाले जानकारी दिनुभयो ।बास्तोलाका अनुसार स्टोर्स बाट होल्सेल तथा खुद्रा मुल्यमा सामान बिक्री गरिने छ । उद्घाटन कार्यक्रममा बोल्दै गीतानगर बजार व्यवस्थापन समितीका अध्यक्ष प्रेम बहादुर खड्काले गीतानगर बजार पश्चिम चितवनको पुरानो बजार रहेको वताउदै संचालनमा आएको समृद्धि इलेक्ट्रिक एण्ड इलेट्रोनिक्स स्टोर्सले बजार को सुन्दरतामा थप टेवा पुराउने बताउनु भयो । प्रोप्राइटर टंक बास्तोला लामो समय पछि विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आउनु भएको थियो ।

LEAVE A REPLY