भरतपुर महानगरमा चर्को बिवाद, यस्तो छ बिवादको चुरो कुरो

0
174

शिव शर्मा भरतपुर, १२ असार । भरतपुर महानगरमा प्रमुख र उपप्रमुख बीच फेरी किचलो सुरु भएको छ । केहि समय देखि साम्य भएको विवाद फेरी सतहमा आएको हो । बिहीवार काँग्रेसबाट निर्वा्चित उपप्रमुख पार्वती शाह ठकुरी लगायतका काँग्रेस पक्षका १५ जना जनप्रतिनिधिले नगर सभा नै बहिष्कार गरेपछी विवाद उत्कर्षमा पुगेको हो । जसका कारण नगर सभाको बन्द सत्र अन्यौलमा परेको छ । बिना छलफल विभिन्न १० वटा समिति बनाएपछि उपप्रमुखले असन्तुष्टि प्रकट गरेकी थिइन । उनका अनुसार समिति निर्माणमा खबर नै नगरी महानगर एकलौटि ढंगबाट अगाडि बढेपछि विवाद बढेको हो । “मलाइ जानकारी नगराई एक्कासी बिहान १० बजे प्रमुखसंग छलफल गरि टुंगो लगाउने काम भएछ । छलफलका लागी तय भएका टोलीनेताले महानगर प्रमुख राख्दै गर्दा उपप्रमुखलाई कुनै खवर गरेनन ।” उनले प्रश्न गरिन, “ प्रमुखको प्रतिनिधित्व हुने बैठकमा उप प्रमुखको प्रतिनिधित्व खै ? बैठक चल्दै गर्दा औपचारिकताको लागी खबर प्राप्त भएको थियो ।”

असार ७ गते बसेको महानगरको कार्यपालिकाको २९ आंै बैठकबाट १० वटा बिषयगत समिति र ४ उपसमिति बनाउने निर्णय भएको थियो । जसका लागि भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारी र वडा नं. २१ का चित्रसेन अधिकारीलाई टोली नेता बनाइएको थियो । “प्रमुख रेणु दाहालले अपशब्द प्रयोग गर्नु भयो, महानगरमा कुनै काम राम्रो संग सम्पादन भएको छैन । उपप्रमुख शाहले भनिन, “महानगर प्रमुख प्रशासकीय अधिकृत र केहि अन्य २÷४ जना सिमित व्यक्तिको घेरा बन्दिमा छ ।” महानगरका अधिकाशं काम एकलौटि ढंगबाट हुने गरेको उनले खुलाइन ।

महानगरपालिकाका प्रवक्ता अरुण पिडित भण्डारीले आफुहरु एकलौटि ढंगबाट जाने पक्षमा नरहेको बताए । उनले बैठकको क्रममा पटक पटक खबर गर्दा उपप्रमुख उपस्थित हुन नसक्दा बैठक अगाडी बढाएको जनाए । “सहमति सहकार्य र एकतालाई कहिल्यै बाइपास गरेका छैनौ । उपप्रमुख ज्युको आन्तरिक किचलोका कारण उहाँ रुष्ट हुनुभएको हो ।” भण्डारीले भने, “नगर सभाको लागी जनप्रतिनिधि तयारी अवस्थामा हुनुपर्ने हो ।”

अहिले नगर सभाको बन्द सत्र स्थगित भएको छ । महानगरले स्थगित नगर सभा असार १४ बिहान ११ बजे गते पुनः सुचारु गर्ने तयारी गरेको छ । जसका लागी नेपाली कांग्रेसका केहि वडा अध्यक्षहरु संग उपप्रमुखको असहमतिका बीच बैठक सुचारु गर्ने गरि भद्र सहमति भैसकेको छ । स्रोतका अनुसार भरतपुर वडा न २१ का नेपाली कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधि चित्रसेन अधिकारिको नेतृत्वमा भद्र सहमति भएको छ ।

नेपाली कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले महानगरमा महत्वपुर्ण लेखा समिति र जिन्सी समिति बिना नै काम कारवाही हुदाँ नेपाली कांग्रेसले समिति निर्माणका लागी दवाव दिदाँ पनि सुनुवाई नहुदाँ समस्या उत्पन्न भएको बताए । उनका अनुसार प्रतिपक्ष भएको नाताले लेखा समिति कांग्रेस नेतृत्वमा हुनुपर्ने माग कांग्रेसले राखेको छ । “नेपाली कांग्रेसले उठाएका मागलाइ संवोधन नगरी एकलौटि ढंगले अगाडि बढ्न खोजेमा बैठक निरन्तर बहिस्कार गर्छौ ।” जिल्ला सचिव जोशीले भने, “सहमति र सहकार्यका लागि छलफलको मार्ग खुल्ला छ । हामी समृद्द महानगरका लागि साझेदारी गर्न चाहन्छौ ।” यस अघि २ पटक सम्म ल्याएका बजेटले महानगरमा खासै उपलब्धिमुलक काम हुन नसकेको उनको भनाइ छ ।

उनका अनुसार महानगरले ठोस काम भन्दा प्रचारमुखी कामलाइ प्रथामिकतामा राखेको छ । महानगरप्रमुख रेणु दाहालले समन्वयन र सहकार्य गर्न नसक्दा यस्तो परिस्थिति उत्पन्न भएको उनले आरोप लगाए । यही असार १० गते नेकपा अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा उद्घाटन भएको नगर सभा समापन अघी नै काँग्रेस पक्षले बहिष्कार गरेको हो ।

LEAVE A REPLY