चुकेको कांग्रेस पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली भोली बिहान हुने

0
157

भरतपुर १३ असार । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको अन्तिम श्रद्धान्जलीका लागि पार्थिव शरीर नेपाली कांग्रेस चितवनको पार्टि कार्यालयमा राखिने भएको छ । उनको नारायणगढस्थित आफ्नै निवासमा विहान ११ः५५ बजे निधन भएको हो । चुकेको निधनले काँग्रेस चितवन शोकमा परेको छ । जिल्ला सचिव उत्तम जोशीले पूर्व महासमिति सदस्य समेत रहेका चुकेको निधनले काँग्रेस शोकमा परेको बताए । चुकेको निधन प्रति दुःख व्यक्त गर्दै भोलि विहान ८ वजे देखि ९ वजे सम्म उनको सम्मानका लागि पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखिने जोशीले जनाए । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोईरालाको उपस्थितिमा अन्तिम श्रद्धान्जली दिने कार्यक्रम रहेको छ ।
विं सं२०६२ सालमा विहान पैदल यात्राका क्रममा मोटरसाइकलले ठक्कर दिएपछि उनि अस्वस्थ भएका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै वित्ने गरेको थियो ।
चुके विसं २०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको प्रमुख बनेका थिए । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि पनि उनि भरतपुर नगरपालिकाको प्रमुख बनेका थिए । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसदसमेत भएका थिए ।
विं।सं। १९९२ कार्तिकमा गुल्मीमा जन्मिएका चुकेको ८४ वर्षको उमेरमा निधन भएको हो ।

LEAVE A REPLY