मुक्तिलाल चुकेको देवघाटमा अन्त्यष्टी

0
36

चितवन १४ असार । तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको शनिवार विहान अन्त्यष्टी गरिएको छ । शुक्रवार आफ्नै निवासमा निधन भएका चुकेको शनिवार देवघाटमा अन्त्यष्टी गरिएको हो । अन्त्यष्टी गर्नु अघि नेपाली काँग्रेसका महामन्त्री प्रा।डा।शशांक कोइराला,नेपाली काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ,रत्ननगर नगर सभापति रुपनराज घिमिरे सहित पार्टीका नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली लिएका थिए । महामन्त्री कोइरालाले चुकेलाई अन्तिम श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाएका थिए । चुकेको नारायणगढस्थित आफ्नै निवासमा विहान ११ः५५ बजे निधन भएको हो । चुके विस २०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको प्रमुख बनेका थिए । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि पनि उनी भरतपुर नगरपालिकाको प्रमुख भएका थिए । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसदसमेत हुन । वुवा ज्योतिलाल चुके र आमा गंगादेवि चुकेको कान्छा छोराको रुपमा विस १९९२ कार्तिकमा गुल्मीमा जन्मेका चुकेको ८४ वर्षको उमेरमा निधन भएको हो ।

LEAVE A REPLY