नेप इण्डियाद्वारा इलेक्टि्सियन सुरक्षा कोषको सुरुवात

0
388

भरतपुर १५ असार । नेप ईन्डियाको कमाई सामाजिक भलाइ कोषमा खर्च हुने भएको छ । सबै कम्पनीहरुले आफ्नो आफ्नो उत्पादन मात्रैको जानकारी दिने गरे पनि नेप इण्डियाले भने फाइदाको केही रकम सामाजिक सेवामा लगाउने भएको हो । सामाजिक सेवाको पहिलो चरणमा इलेक्टि्सियन सुरक्षा कोषको समेत घोषणा गरेको छ ।

Advertisements

शनिवार एक कार्यक्रमका बीच तत्काल दुई लाखको रकम कोषमा जम्मा हुने गरि कोषको स्थापना गरिएको हो । नेप इण्डिया कम्पनीका प्रमुख चन्द्रकान्त शर्मा जैसीका अनुसार भरतपुरमा घर घरको सुरक्षा नारा सहित आफ्ना उत्पfदनहरु सार्वजनिक गरेको हो । उनले कम्पनीले नाफामुलक मात्र नभई सामाजिक उत्तरदायित्वलाइ समेत आत्मसाथ गर्ने बताए । कार्यक्रममा चितवन तथा नवलपुरका इलेक्टि्सियन र विद्युत ब्याबसायिहरुको उपस्थितिमा कम्पनीले आफ्ना उत्पदन मोडुलर स्विच,सिलिग फेन, एम सि बि, लगाएत विभिन्न घरायसी सामानहरु प्रदर्शन गरेको थियो ।

कार्यक्रममा ६४ बर्श का पाका इलेक्टि्सियन मनोहरी अधिकारी लाई कम्पनीको तर्फबाट सम्मान गरिएको थियो । नेप ईन्डिया का हरेक सामान हरु मा ५ बर्श देखि २५ बर्ष सम्म ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY