आज धान दिवस अर्थात् दही च्यूरा खाने दिन

0
35

असार १५ ।  आज मानो रोपेर मुरी उब्जाउने दिन अर्थात् धान दिवस । असारे भाका गाउँदै देशभर धान रोपेर आज धान दिवस मनाइँदैछ ।
यद्यपि, पछिल्लो समय भने असारे भाका गाउने चलन हराउँदै गएको छ । केही वर्षपहिले रोपाइँमा गुञ्जने असारे भाका अहिले हराएको हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय बैठकले असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता हरेक वर्ष सरकारी तवरबाटै यो दिवस मनाइँदै आइएको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्यगर्मीको यो समयमा कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

LEAVE A REPLY