एसइईमा सहभागीलाई होलि भिजनको सम्मान

0
42

पूर्णप्रसाद शर्मा, १६ असार–चितवन । होलि भिजन पब्लिक स्कुल भरतपुर–४ ले २०७५ सालको एसइई परिक्षामा सहभागी बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच बिद्यालय परिसरमा सम्मान तथा पुरस्कृत गरेको छ ।

कार्यक्रम २०७५ सालको एसइई परिक्षामा ३.९५ जिपिए ल्याउने बिशाल पोखरेल तथा सुजन गौतमलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यो बर्षको एसइइ परिक्षामा सहभागी होलि भिजनका ४० जना बिद्यार्थी मध्य ७ जनाले ३.६ जिपिए भन्दा माथी ल्याएका छन भने १६ जना बिद्यार्थीले ३.२ भन्दा माथी जिपिए ल्याएका छन् । त्यसैगरी ११ जना बिद्यार्थीले २.८ भन्दा माथी ४ जनाले २.४ भन्दा माथी तथा २ जनाले २.० भन्दा माथी ल्याएका छन् । बि.स. २०४८ सालमा स्थापना भएको बिद्यालयले यसै बर्ष देखि कक्षा ११ मा कम्प्युटर सहितको ब्यावस्थापना सञ्चालन गर्ने अनुमति पाएको छ ।

कार्यक्रमा बिद्यार्थीहरुलाई अब के पढ्न, कसरी पढ्दा सफल भईन्छ भन्ने बारेमा बिद्यालयका प्राचार्य मिनराज बस्ताकोटी, शिक्षक अभिभावक संघका सदस्य पूर्णप्रसाद शर्मा तथा शिक्षक पूर्ण बहादुर दवाडीले प्रकाश पारेका थिए । शिक्षक अभिभावक संघ होलिभिजन स्कुलका अध्यक्ष प्रेमकुमार गैरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम होलि भिजन पब्लिक स्कुल ब्यावस्थापन समितिका अध्यक्ष बेगनाथ गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY