युग पुरुष गिरिजा प्रसाद कोइराला सम्झिदै कांग्रेस चितवन (यस्ता छन् जन्मजयन्ती बिशेष कार्यक्रम)

0
95

भरतपुर, १७ असार । नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती भोली (बुधवार) चितवनमा विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाली राजनीतिका युग पुरुष एवं शान्ति सम्झौता प्रक्रियाका नायक गिरिजा प्रसाद कोइरालालाई स्मरण गर्दै नेपाली कांग्रेस चितवन र यस मातहतका संगठनले छुट्टाछुट्टै कार्यक्रम गरि मनाउने भएका हुन् ।

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार बुधवार बेलुका नारायणी नदि किनारमा कोइरालाको सम्झनामा लाख बत्ति प्रज्वलन गरिदैछ । त्यस्तै जीपी कोइराला फाउन्डेसन क्षेत्र न २ को आयोजनामा उद्योग वाणिज्य संघमा बृहत प्रवचन कार्यक्रम हुने भएको छ । उता नेपाली कांग्रेस भरतपुर १० ले पनि विबिध कार्यक्रम गर्ने बताइएको छ । साविक क्षेत्र न ४ले आफ्नो कार्यालय परिसरमा सरसफाई र बृक्षारोपण गरि कोइरालाको जन्मजयन्ती मनाउने तयारी गरेको छ । बुधवार हुने कार्यक्रममा सहभागी हुन पुर्व सञ्चार मन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य मिनेन्द्र रिजाल चितवन आइसकेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको गत २ गते बसेको बैठकले गिरिजा प्रसाद कोइरालाको योगदान र उनलाई स्मरण गर्ने गरि विभिन्न कार्यक्रम गर्ने निर्णय भएको थियो ।नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो ।

LEAVE A REPLY