भेडाबारी सामुदायिक वन उपभोक्तामा उद्घोषण तालिम सकियो

0
90

भरतपुर असार २२ । भेडाबारी सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तका लागि प्रदान गरेको ३ दिने उद्घोषण तथा नेतृत्व बिकास कार्यक्रम आज समापन भएको छ। कार्यक्रममा बिभिन्न टोल सुधार समिति, आमा समुहका अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी गैडाकोट नगरपालिकाका वडा नम्बर ११का वडा अध्यक्ष गोबिन्द सुबेदिले तालिमले सिप र जुक्ति सिकाउने भएकाले सिकेको सिपलाई उपयोग गर्न प्रशीक्षार्थीहरुलाई अनुरोध गनुभएको थियो । यस्ता तालिमले वाक बलाको मात्र बिकास नगराएर नेतृत्व बिकास पनि गराउने बताउनुभयो ।
समापन कार्यक्रममा वहाँले तालिम पछि उपभोक्तहरुमा बोल्ने बानिको बिकास हुने बिश्वास ब्यक्त गनुभएको छ । कार्यक्रममा बिशिस्ट अतिथी सब डिभिजन वन कार्यलय प्रमुख ज्योति कोइराला , योप्रशाथार्थी रोमकुमारी महतो, तालिमका प्रशिक्षक हिमाल देब पंगेनी लगायतले मन्तब्य ब्यक्त गनुभएको थियो । तालिममा ३० जना प्रशिक्षथिको सहभागीता रहको थियो । सहभागीहरुलाई पत्रकार पूर्ण शर्मा, हिमाल देव पंगेनी र असिफ गुरुले सहजीकरण गर्नुभएको थियो ।
जिल्ला बन कार्यलयमा २०६३ सालमा दर्ता भएको बन बैज्ञानिक बनका रुपमा बि।सं २०७३ मा धोषणा भएको बन हो । ३९१ बर्ग हेक्टर क्षेत्रफलमा फैलिएको बनका १२२९ जना सदस्य रहेका छन् ।
समापन कार्यक्रम भेडावारी सामुदायिक बन उपभोक्ता समुह भेडावारीका अध्यक्ष गुरुप्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न भयको थियो। यो बन गैडाकोट नगरपालिका वडा नं ११ र १२ मा फैलिएको छ ।

LEAVE A REPLY