चितवनमा एक वर्षमै ४३ गैँडाको मृत्यु

0
214

चितवन साउन ०१ । चितवन राष्ट्रिय निकुञ्जमा गएको एक वर्षमा ४३ ओटा गैँडासहित ७७ ओटा वन्यजन्तु मरेका छन् । गैँडाबाहेक एक वर्षको अवधिमा आठ ओटा बाघ, १४ ओटा चित्तल, ३ ओटा बँदेल र ९ ओटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ ।

Advertisements

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार विसं २०७५ साउनदेखि विसं २०७६ असार मसान्तसम्मको अवधिमा ४३ ओटा गैँडा मरेका हुन् । एक वर्षमा यति धेरै गैँडा मरेको यो पहिलो घटना हो । सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा शिकारीले एकै वर्षमा ३७ वटा गैँडा मारेका थिए ।

विसं २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ३४ ओटा, मध्यवर्ती क्षेत्रमा ७ ओटा र डिभिजन वन चितवनभित्र २ ओटा गैँडा प्राकृतिक कारणले मरेका छन् । एक वर्षमै यति धेरै गैँडा मर्नु संवेदनशील विषय भएको र यो विषयमा कारणको खोजी र अध्ययन भैरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ ओटा गैँडा रहेको पनि निकुञ्ज ले जनाकारी दिएको छ ।

LEAVE A REPLY