क्याम्पस प्रमुखले अनियमितता गरेको भन्दै प्राध्यापक आन्दोलित

0
206

श्रावण०२,

Advertisements

क्याम्पस प्रमुखले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुरस्थित सानोठिमी बहुमुखी क्याम्पसका प्राध्यापक आन्दोलित भएका छन् । चरणबद्ध आन्दोलनको घोषणा गरेका प्राध्यापकले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको राजीनामा माग गरेका छन् ।

पूर्वएमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले बुधबारदेखि क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाउने जनाएका छन् । आन्दोलनकै चरणमा मंगलबार क्याम्पसमा रहेका अधिकांश विभाग प्रमुखले राजीनामा दिएका थिए । ‘१५ दिनदेखि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका थियौं,’ प्रगतिशील संगठनका अध्यक्ष सोमनाथ ढकालले भने, ‘अनियमितता रोक्न क्याम्पस प्रमुखको राजीनामा मागेका हौं ।’

क्याम्पस प्रमुख घिमिरे यसअघि पनि क्याम्पसको जग्गा व्यक्तिगत लाभका लागि सस्तो मूल्यमा भाडामा दिएको आरोपमा विवादित बनेका थिए । पूर्वक्याम्पस प्रमुखको पालामा जम्मा भएको ७ करोड रकम घिमिरेले जथाभावी खर्च गरेर क्याम्पसलाई टाट पल्टाउन लागेको प्राध्यापकको आरोप छ ।

LEAVE A REPLY