२ साउन, चितवन ।

Advertisements

बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । राजमार्गको लामो खण्ड, साँघुरो सडक र अत्याधिक सवारी चापका कारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७५/७६)मा जिल्लामा २९५ सवारीसाधन दुर्घटना हुँदा १४६ को मृत्यु भएको छ । मृतक मध्ये ४१ जना पैदल यात्रु रहेका छन् । दुर्घटनामा २३० जना गम्भीर घाइते भएका छन् भने, ३२८ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । त्यसअघि ११४ जनाको मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो वर्षभन्दा गत आवमा २४ दुर्घटना बढेका छन् । मृतकको संख्यासमेत १४ ले बढेको छ । मृत्यु हुनेमा पुरुषको संख्या अधिक छ । ११४ जना पुरुषको मृत्यु हुँदा दुर्घटनामा १७ महिला र ११ बालबालिकाले ज्यान गुमाएका छन् ।हरेक बर्ष यो तथ्यांक बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्ऽकुमार गिरी जानकारी दिए ।

सवैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । गत वर्ष २०५ वटा मोटरसाइकल, ५३ यात्रुवाहक बस, ५२ साना कार, ८० वटा ट्रक र ट्याक्टर दुर्घटनामा परेका छन् ।दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन ।

ट्राफिक प्रहरीका अनुसार चालकको लापरबाहीका कारण १०६ र तीव्र गतिका कारण ११८ दुर्घटना भएका छन् ।

LEAVE A REPLY