बलात्कार आरोपमा लेखापाल पक्राउ

0
148

२ साउन, वीरगञ्ज । बलात्कार आरोपमा नेपाली सेनाका एकजना लेखापाल पक्राउ परेका छन् ।

Advertisements

बाराको सिमरास्थित होटल संगालोसँग जोडिएको बलात्कार घटनामा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका-८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सिमरा प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार नै पक्राउ गरेको भए पनि बिहीबार सार्वजनिक गरिएको हो ।पक्राउ परेका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।

 

LEAVE A REPLY