लोकसेवाको विज्ञापन प्रति भरतपुरमा प्रदर्शन

0
220

सुरक्षा न्यौपाने भरतपुर ३ साउन । लोकसेवा आयोगको विज्ञापनलाई समावेसी बनाउनु पर्ने भन्दै भरतपुरमा प्रदर्शन भएको छ । संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध ¥याली आज भरतपुरको चौविसकोठीमा भेला भएर जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । आरक्षणको माग गर्दै आएकाहरुले लोकसेवा आयोगले निकालेको विज्ञापन समावेसी नभएको भन्दै आन्दोलनमा उत्रेकाहरुले शुत्रबार आन्दोलन गरेका हुन् । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रेका छन् । विज्ञापन समावेशी गराउनु पर्ने, संविधान कार्यान्वयन गर्नु पर्नेलगायत विभिन्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ ।
विभिन्न जिल्लाहरुमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा विभिन्न राजनीतिक दलहरु र सम्बद्ध मोर्चाहरुको तर्फबाट आरक्षण बचाउ आन्दोलन हुदै आएको छ ।

Advertisements

LEAVE A REPLY