गत आबको न्यायिक गतिविधिमा अन्तरक्रिया

0
193

सुरक्षा न्यौपाने भरतपुर ०३ साउन । गत आर्थिक बर्ष २०७५÷०७६मा भएका बिभिन्न गतिबिधिका बिषयमा चितवन जिल्ला अदालतले पत्रकारहरुसगँ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ देखि लागु भएको नंया कार्यबिधि र नयाँ ब्यबस्थाले गर्दा अदालतमा समस्या देखिएको बताए । गौतमले पुरानो नयाँ जे भए पनि नयाँ कानुनी कार्यबिधिलाई समावेश गरि लागू गर्नुपने बताए। कार्यक्रममा सबैका लागि न्याय सुनिश्चित गर्नु , संविधान कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा स्वच्छ एवं निष्पक्ष न्याय सम्पादन गर्नु , संविधान र कानूनप्रती आस्था , स्वतन्त्रता निष्पक्षता लगायत का बारेमा अन्तरक्रिया गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश बिनोद कुमार गौतमको अध्यक्षततामा भएको कार्यक्रममा न्यायपालिकाको चौथो रणनीतिक योजनाका मूलभूत बिशेषताहरुको बारेमा छलफल गरिएको हो।

Advertisements

LEAVE A REPLY