प्रहरी सहायक निरीक्षक बलात्कार आरोपमा पक्राउ

0
146

साउन ४ ,

Advertisements

बलात्कारकाे आरोपमा रौतहटमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

बारा जिल्लाकाे महागढिमाई नगरपालिका घर भएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले बिहीबार पक्राउ गरेको हो ।पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहले गत असार ३१ गते चन्द्रपुर नगरपालिकामा रहेको माउण्ट एरिवा गेष्ट हाउसमा एउटी २० वर्षीय युवतीलाई बलात्कार आरोप लागेकाे थियाे ।

जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी अभियाेगमा ५ दिनको म्याद थप गरी आवश्यक प्रहरी नायब उपरीक्षक कबित कटुवालले पक्राउ परेका साहमाथि म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको जानकारी  दिए ।

LEAVE A REPLY