अक्षर साहित्य प्रतिष्ठानद्धारा प्रत्रकार ढकाल र सापकोटा सम्मानित

0
262

रेजिना ढकाल असार ४ । अक्षर साहित्य प्रतिष्ठानले चितवनमा प्रत्रकारलाई सम्मान गरेको छ ।  आज एक कार्यक्रमको आयोजना गरि पत्रकार लेखराम सापकोटा र अन्नपूर्ण पोष्टका चितवन सम्वाददाता अनिल ढकाल सहित साहित्यिकार अरपर्णा कार्की र केशवराज आमोदीलाई सम्मान गरिएको हो ।
अक्षर साहित्य प्रतिष्ठानले नवौं आंगन तथा सम्मान कार्यक्रम साथमा पुस्तक विमर्श र रचना वाचन समेत गरेको छ । साहित्य प्रतिष्ठान लम्की , कैलालीले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि चितवन गजल मन्चका साहित्यकार प्रभाकर पण्डितले कार्यक्रको उद्रघाटन गरेका थिए । कायक्रममा साहित्यकारहरुले रचना, कबिता, मुक्तक,बाचन गरेका थिए । अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

Advertisements

LEAVE A REPLY