मकवानपुरमा गोलि हानाहान पेस्तोल र गोलीसहित एक जना पक्राउ

0
661

साउन ५,मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । दोहोरो गोली हानाहान हुँदा एकजना घाइते भएका छन् ।

Advertisements

घाइते हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका १, ढुङ्गेनका कुमार स्याङ्तान छन् । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल, गोली र ३५ केजी गाँजा पनि बरामद गरेको छ । मनहरी गाउँपालिका ९, रजैया राप्ती खोलाबाट आइतबार बिहान उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाकारी दिएको छ । गाँजा लैजाँदै गरेको स्याङ्तानको समूहका ४-५ जनामध्ये स्याङतानले प्रहरीलाई गोली हानेको र प्रहरीले जवाफी कारबाही गर्दा उनी घाइते भएका थिए । फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बाताएको छ ।

LEAVE A REPLY