बाढी पीडितद्वारा नगरपालिकामा घेराउ राहत नपाएको गुनासो

0
186
साउन, १० रौतहट । बाढीले घरबार बिहीन भएर भोकभोकै बस्नु पर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रर्दशन गरेका छन् । २८ असारमा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै बर्वाद हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूरुको पीडा नबुझेको भन्दै स्थानीयहरुले शुक्रबार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । बाग्मती नदीमा आएको बाढीले राजदेवि नगरपालिकाको विभिन्न वडाहरु नराम्ररी प्रभावित भएका छन । फुसको छाप्रो बनाएर बसेका गरिब परिवारको सबै भन्दा बढी विचल्ली भएको छ ।

LEAVE A REPLY