बालबालिकाको बिदाको समयको सदुपयोग गर्न नृत्य कक्षा

0
331

सुरक्षा न्यौपाने भरतपुर १० साउन । बालबालिकाको बिदाको समयको सदुपयोग गर्न नारायणी कला मन्दिरले निशुल्क नृत्य परिक्षण कक्षा सुरु गरेको छ । प्रशिक्षणमा भानु माध्यमिक विद्यालय, बालकुमारी उच्च माध्यमिक विद्यालय लगायतका गरी ५७ जना विद्यार्थीहरुको सहभागि रहेको छ । प्रशिक्षण कक्ष दिउँसो १ बजेबाट साढे २ बजेसम्म हुने भएको छ । विद्यार्थीहरुको विदाको समयको सदुपयोग गर्ने उद्देश्यले नृत्य प्रशिक्षण गरेको कार्यक्रमका अध्यक्ष उद्धब जोशीले बताए । कार्यक्रम उधोग वाणिज्य सघं चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ एबं हास्य कलाकार सिताराम कँटेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो ।

Advertisements

LEAVE A REPLY