पूर्ण खाध्य तत्व सहितको पशु आहारमा जोड

0
198

भरतपुर ११ साउन । पशु आहार पशुपालक कृषकका लागि समस्याको रुपमा बिकसित हुदै गएपछि पूर्ण मिश्रण सहितको पशु आहार उत्पादन सम्बन्धि छलफल भएको छ । बहु कृषि पशु आहार उत्पादन समूहको आयोजनामा अन्नपुर्ण दुग्ध उत्पादन सहकारी सस्था गीतानगरमा आज ब्यबसायिक किसान केन्द्रित अन्तरक्रिया एबम छलफल सुरु गरिएको हो । चितवन जिल्ला भित्र र जिल्ला बाहिरका समेत कृषकको सहभागितामा भएको छलफलमा न्युन लागतमा पशु आहार उत्पादन सम्बन्धि बृहत छलफल भएको हो ।

Advertisements

न्युन लागतको आहार ब्यबस्थापनका लागि पूर्ण मिश्रण सहितको आहार कृषकक लागि निकै फलदायी हुने अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष भगिरथ तिमिल्सेनाले बताए । भरतपुर महानगरपालिका भेटेनरी शाखा प्रमुख डा। सुरेन्द्र यादबले महानगरले पूर्ण मिश्रण सहितको पशु आहारको लागि समन्वयन गर्ने गरि योजना बनाएको बताए । अत्याधिक लागत आहारमा खर्च हुने हुदा आम्दानि र बचतमा क्रमश गिरावट आएको छलफलमा सहभागी किसानहरुले बताएका थिए । न्युन लागतमा पूर्ण खाध्य तत्व भएको आहार प्रयोग गर्न सके आफुहरुको उत्पादन समेत बृद्दि हुने उनीहरुको भनाइ छ । अन्तरक्रियामा कास्की जिल्ला बाट ६ किसान सहित ४० जनाको सहभागीता थियो ।

सोहि क्रममा स्वच्छ दुधको उत्पादनका लागि किसानलाई ४ सय आल्मुनियमका क्यान र दुध छान्ने जालीको वितरण गरिएको छ । भरतपुर ६ केशरबागमा रहेको अन्नपुर्णले अहिले दैनिक ५ हजार लिटर दुध संकलन गर्ने गरेको छ । अन्नपुर्णले विविधिकरण मार्फत बजारीकरण गरि उपभोक्तालाई स्वच्छ दुधको उपभोग गराउदै आएको छ ।a

LEAVE A REPLY