सफा सुन्दर हरियाली गैँडाकोट अभियान १५ औं शृखंलामा

0
414

सुरक्षा न्यौपाने, नवलपुर ११ साउन । स्वच्छ तथा सफा वातावरण मानव जीवनका लागि अत्यावश्यक तत्व हो । यही स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मानिसको मौलिक अधिकार पनि हो । यहि मुल मन्त्रलाई आत्मसात गर्दै सफा सुन्दर हरियाली गैँडाकोट अभियानको १५ औ शृखंला गैँडाकोट ४ तुले डाँडामा रहेको खानेपानी ट्यांकी परिसरमा वृक्षारोपण गरिएको छ ।

Advertisements

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षिक कार्यक्रम अनुसार कार्यक्रम गरिएको कार्यक्रम संयोजक गणेश सापकोटाले बताए । समाजको समृद्धिको सूचकका रूपमा समेत स्वच्छ तथा स्वस्थ वातावरणलाई लिइन्छ । तर अहिलेको बढ्दो शहरीकरण, भौतिक विकास तथा अन्य विभिन्न मानवीय प्रभावका कारण हाम्रो स्वच्छ, स्वस्थ र सफा वातावरण दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । पर्यावरणिय सन्तुलनमा टेवा पुग्ने गरि एक सय भन्दा बढी फुल जन्य विरुवा रोपिएको हो ।
कार्यक्रममा गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, गैँडाकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने, निरन्तर शनिबारका संयोजक गणेश सापकोटा, जलुकेका संस्थापक एवं गैँडाकोट पम्पीङ खानेपानीका अध्यक्ष शोभाखर रिमाल, जलुकेका सल्लाहकार एवं पूर्व अध्यक्ष लालमणि पौडेल, वर्तमान अध्यक्ष सुनिल ढकाल लगायत निरन्तर शनिबार अभियानका अभियन्ता, जनप्रतिनिधि, जलुकेका पदाधिकारी तथा स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको हो ।

LEAVE A REPLY